संयोगले देखाएको बाटो, मिहिनेतले बनाएको पहिचान
nepalpress.com · Sat Sep 19 06:21:24 GMT 2026

काठमाडौँ । नेपाली सिने जगतमा मेकअप आर्टिस्ट तथा हेयरस्टाइलिस्टका रूपमा आफ्नो छुट्टै पहिचान बनाएकी एलिजा सिजवाल अहिले काममै व्यस्त छिन् । कुनै समय ऐनाअगाडि उभिएर आफूलाई अझ राम्रो देखाउने रहरले उनले मेकअपको ब्रस समातेकी थिइन् । त्यतिबेला कहाँ थाहा थियो र–आफ्नो लुक्स निखार्न हातमा लिएको त्यही ब्रस एकदिन उनको जीवनको बाटो कोर्नेछ भनेर ! आज त्यही ब्रस उनका लागि केवल सौन्दर्य सजाउने साधन होइन, आफ्नो पहिचान र कर्मको आधार बनेको छ ।
मेकअप उनका लागि सुरुमा पेसा थिएन । अझ भनौँ, करिअर बनाउने कुनै योजना पनि थिएन । आफूलाई राम्रो बनाउनुपर्छ, आफ्नो लुक्स सुन्दर हुनुपर्छ भन्ने सामान्य रुचिबाट उनले मेकअप सिक्न थालेकी थिइन् । सिक्दै जाँदा एउटा चलचित्रमा काम गर्ने अवसर मिल्यो । सहयोगीको रूपमा ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)