कर्मफ्लाइट्स फाउण्डेशनद्वारा सिमकोटका बालबालिकालाई कपडा सहयोग
barnanmedia.com · Sat Sep 19 06:15:06 GMT 2026

कर्मफ्लाइट्स फाउण्डेशनले हुम्लाका एक हजार ५५० विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको छ । जिल्लाका १७ विद्यालयका विद्यार्थीलाई वितरण गर्ने गरी उक्त कपडा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।
बालबालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका एक हजार ५५० विद्यार्थीका लागि ज्याकेट, जुत्ता, मोजालगायत उपलब्ध गराउने सम्झौताअनुसार उक्त सामग्री हस्तान्तरण गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)