मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्खुवासभामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी

ratopati.com · Wed Jun 03 11:45:50 GMT 2026

सङ्खुवासभा । सङ्खुवासभामा १० वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पाँचखपन नगरपालिका वडा नं. ३ बस्ने ३० वर्षीय अरुण राईलाई बुधवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)