रोनाल्डो हात्ती मृत फेला
baahrakhari.com · Sat Sep 19 06:32:11 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ । रोनाल्डो विषहजारी पोस्टनजिकै मृत भेटिएको हो ।
रोनाल्डोको मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ । मृत्युको कारण अनुसन्धानपछि मात्र यकिन हुने निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापामगरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)