श्रीलङ्कामा प्रचण्ड–जेभीपी नेतृत्व भेट : सुशासन, अर्थतन्त्र र राजनीतिक अनुभवबारे छलफल
nepalpress.com · Sat Jul 18 17:06:36 GMT 2026

काठमाडाैँ । श्रीलङ्काको जनमुक्ति विमुक्ति पेरामुना (जेभीपी) का महासचिव टिल्भिन सिल्भा र नेपालका पूर्वप्रधानमन्त्री तथा नेपालीकम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज बट्टरामुल्लास्थित पेलावट्टेमा रहेको जेभीपीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ ।
भेटका क्रममा दुवै नेताबीच जनमुक्ति विमुक्ति पेरामुना (जेभीपी) र नेसनल पिपुल्स पावर (एनपीपी) सत्तामा पुग्नुअघि राजनीतिक शक्तिका रूपमा तय गरेको यात्रा तथा त्यस क्रममा हासिल भएका अनुभवबारे विचार आदानप्रदान भएको थियो । साथै, नेपाल कम्युनिष्ट पार्टीले नेपालको राजनीतिक परिवेशमा हासिल गरेको अनुभवका विषयमा पनि छलफल गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)