चितवनको चर्चित हात्ती ‘रोनाल्डो’ मृत, मृत्युको कारण खोज्दै
kalakarmi.com · Sat Sep 19 06:36:25 GMT 2026

चितवन- चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ । निकुञ्जको विषहजारी पोस्टनजिकै रोनाल्डो मृत अवस्थामा भेटिएको हो ।
निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो मृत फेला परेपछि घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको छ । हात्तीको मृत्यु कसरी भयो भन्ने विषयमा अहिलेसम्म यकिन जानकारी प्राप्त भइसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)