पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु
barnanmedia.com · Sat Sep 19 06:34:24 GMT 2026

पाकिस्तान । पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र गोलीबारीमा मृत्यु हुनेको संख्या कम्तीमा ३१ पुगेको छ । मृतकमध्ये १६ जना प्रहरी कर्मचारी रहेका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
शुक्रबार दिउँसो खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित पुरानो प्रहरी लाइन परिसरमा आक्रमणकारीहरू प्रवेश गरी हमला गरेका थिए । करिब दुई लाख २० हजार जनसंख्या रहेको कोहाटमा रहेको उक्त प्रहरी परिसर जिल्ला तहको मुख्यालय हो । त्यहाँ आतंकवाद नियन्त्रण विभाग, विशेष शाखालगायत विभिन्न प्रहरी इकाइका कार्यालयहरू रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)