उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन्
nagariknews.nagariknetwork.com · Sat Jun 06 03:55:09 GMT 2026

पहिले उनी तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमान्डर थिए। देशमा आमूल परिवर्तनको नारासहित उनी २६ वर्षको उमेरमै माओवादी ‘जनयुद्ध’मा होमिएका थिए। उनी हुन्– कालिकोटका वीरेन्द्रबहादुर भण्डारा । आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लडेका उनी आशाअनुसार उपलब्धि हासिल नभएपछि ‘त्यो युद्ध र परिवर्तनको नारा माछा–माछा भ्यागुतो बन्न पुगेको’ बताउँछन्।
जनताको मुक्तिका लागि बन्दुक बोकेर जंगलजंगल हिँडेका, युद्धमोर्चामा भिडेका भण्डारा अहिले जीवनको अर्को मोर्चामा छन्, जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको संघर्ष छ। अहिले उनी जिविकोपार्जनका लागि माछा बिक्री गर्छन्। प्रतिदिन न्यूनतम २५ केजी माछा बिक्री गर्ने उनी यसबाट वार्षिक ६ लाख बढी रुपैयाँ आम्दानी हुने बताउँछन्। एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उनका हातमा अहिले तिला नदीका माछा हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)