भदौ महिनामा ५ अर्ब ९ करोड बढीको विद्युत् निर्यात
canadanepal.com · Sat Sep 19 06:53:43 GMT 2026

काठमाडौँ । नेपालले गत भदौ महिनामा भारत र बङ्गलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा दुवै देशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरिएको हो ।
प्राधिकरणले द्विपक्षीय सम्झौता तथा विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ । द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्री गरी ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)