जलवायु सङ्कट समाधानमा साना राष्ट्रको नेतृत्व नेपालले गर्नुपर्छ : उपसभापति शर्मा
ratopati.com · Sat Sep 19 06:57:55 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ शृङ्खला ‘हिमचुलीको हलचल : भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ र यसमा कस्तो साझा दृष्टिकोण राख्छ भन्ने विषयमा पहिला राष्ट्रिय नीति बन्नुपर्ने उनको भनाइ छ। शर्माले कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)