डा. अरुण शाही इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक ओन्कोलोजीको नेपाल प्रतिनिधि नियुक्त
swasthyakhabar.com · Wed Jun 03 12:19:00 GMT 2026

काठमाडौँ- क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक ओन्कोलोजी (सिओग) को नेपालका लागि राष्ट्रिय प्रतिनिधिमा नियुक्त भएका छन्। सिओगको आधिकारिक वेबसाइटमा उनको नाम र प्रोफाइल नेपाल प्रतिनिधिका रूपमा समावेश गरिएको छ।
इन्टरनेसनल सोसाइटी अफ जेरियाट्रिक ओन्कोलोजी (सिओग) स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय बहुविधागत संस्था हो। सन् २००० मा स्थापना भएको यस संस्थाले विशेषगरी ज्येष्ठ नागरिकमा हुने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाको क्षेत्रमा विश्वव्यापी नेतृत्व गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)