पूर्ण अपाङ्गता भएका क्षितिजलाई घरमै पुगेर नागरिकता
ratopati.com · Fri Mar 21 18:56:00 GMT 2025

झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहेका थिए । एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उनका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)