प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
gorkhapatraonline.com · Sat Sep 19 07:02:31 GMT 2026

प्रधानसेनापति अशोकराज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किनुभएको छ।
प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गर्नुभएको छ। भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटघाट गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)