मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिविका २४ क्याम्पसमा प्रमुख नियुक्त

ekantipur.com · Sun Jan 12 17:18:38 GMT 2025

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा आइतबार क्याम्पस प्रमुख नियुक्त गरेको छ । त्रिविका प्रवक्ता एमनसिंह बोहोराले कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्तिको निर्णय गरेको बताए । क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो ।

समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ । प्रतिस्पर्धाको आधारमा नियुक्तिका लागि दरखास्त आह्वान गर्ने, मूल्यांकन गर्ने गरी कार्यविधिसमेत जारी भएको छ । सोही प्रक्रियाबाट त्रिविले ८ डिनको नियुक्तिसमेत गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)