चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द
ratopati.com · Sun Jan 12 17:22:00 GMT 2025

ढोरपाटन । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । केही दिनयता अत्यधिक चिसो बढेपछि यही पुस २६ गतेदेखि उपत्यकाका ६ विद्यालय बन्द गरिएका हुन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा पर्ने ती विद्यालय अब माघ तेस्रो साता मात्रै खुल्ने छन् ।
अत्यधिक चिसो बढेपछि पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मसस्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखेस्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द भएका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)