कर्णालीबाट साढे तीन अर्बको कृषिजन्य उपज निर्यात
gorkhapatraonline.com · Sat Sep 19 07:08:03 GMT 2026

कर्णाली प्रदेश सरकारले कृषिको व्यावसायीकरणमार्फत प्रदेशको रूपान्तरण गर्ने लक्ष्यसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नेगरी कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कृषिलक्षित योजना तथा कार्यक्रम बढाइएसँगै त्यसको कार्यान्वयनका लागि बजेटसमेत वृद्धि गरिएको छ । प्रदेशमा प्राङ्गारिक तथा व्यावसायिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिइएको छ । खेतीयोग्य बाँझो जमिनको उपयोग तथा कृषि पेसाप्रति युवाको आकर्षण बढाउन प्रोत्साहन गर्ने योजना सरकारको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)