चोरी भएका ४० मोटरसाइकल तथा स्कुटर हस्तान्तरण
nagariknews.nagariknetwork.com · Wed Jun 03 12:31:57 GMT 2026

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४० वटा दुईपाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बरामद गरिएका सवारी साधनहरू धनीलाई हस्तान्तरण गरेका थिए। ट्राफिक प्रहरी कार्यालयका अनुसार प्राप्त निवेदन तथा विभिन्न स्रोतबाट आएको सूचनाका आधारमा खोजी अभियान गरी सवारी साधन वास्तविक नम्बर प्लेटसहित र केही नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा फेला परेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ