मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एटलेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

ratopati.com · Sun Jan 12 19:35:00 GMT 2025

काठमाडौं । एटलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा ओसासुनालाई १-० ले हराउँदै एटलेटिको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

एटलेटिकोलाई जिताउन जूलियन अल्वारेजले गरेको गोल निर्णायक बन्यो । एन्टोनी ग्रिजम्यानले ७ औं मिनेटमा गरेको प्रहारलाई भने भीएआरले मान्यता दिएन । यो जितसँगै १९ खेलबाट ४४ अंक जोडेको एटलेटिको एक अंकको फरकले शीर्ष स्थानमा उक्लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)