मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित ,फाइनल पुग्न असफल

canadanepal.com · Wed Jun 03 12:40:00 GMT 2026

काठमाडौं- साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल पराजित भएको छ।

भर्खरै सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २–१ गोलले स्तब्ध बनेको हो। बराबरीमा खेलिरहेको नेपालले अन्तिम समयमा गोल खान पुग्यो।

इन्जुरी समयमा ९३ औं मिनेटमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन्। नेपाली डिफेन्डरहरुले बल क्लियर गर्न नसक्दा त्यसको फाइदा उनले उठाइन्।

२२ औं मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नरबाट आएको बलमा गीताले गोल गरेकी हुन्।

४६ औं मिनेटमा ऋतु पोर्ना चक्माले नेपालाई ‘चक्मा’ दिइन्। उनले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन्।

नेपालकी गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बललाई पञ्च गरेपनि पोस्टबाहिर पुर्याउन सकिनन्।

नेपालले भुटानलाई १–० र श्रीलंकालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)