सुदूरपश्चिममा कांग्रेस संसदीय दलको बैठक, नेता परिवर्तनको प्रस्ताव स्वतः निष्क्रिय भएको निर्णय
shilapatra.com · Wed Jun 03 12:39:17 GMT 2026

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले दल नेता परिवर्तनको विषय स्वत: निष्क्रिय भएको निष्कर्ष निकालेको छ । मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बैठकले दल नेता परिवर्तनको प्रस्ताव स्वतः निष्क्रिय भइसकेको निर्णय गरेको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।
‘बैठकमा प्रदेशसभा सदस्यद्वय मानबहादुर रावल र दिवानसिंह बिष्टसहित सदस्यहरूको जेठ ८ गतेको हस्ताक्षरसहितको निवेदन सम्बन्धमा छलफल भएको थियो,’ उनले भने, ‘जेठ १७ गते १२ जना सांसदको उपस्थितिमा बसेको संसदीय दलको बैठकले वर्तमान सरकारले नै बजेट निर्माण गर्ने निर्णय गरिसकेको सन्दर्भमा जेठ ८ गतेको हस्ताक्षर स्वतः निष्क्रिय भएको निर्णय गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)