एकातिर हजारौँ दियोको झिलिमिली उत्सव, अर्कोतिर निभिसकेका दियोबाट तेल बटुल्दै भोक मेटाउने परिवारको मार्मिक कथा
barnanmedia.com · Sat Sep 19 07:15:02 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनका अवसरमा हजारौँ दियो बालेर गरिएको उत्सवका दृश्यहरूबीच, केही मानिसले निभिसकेका दियोबाट बाँकी रहेको तेल संकलन गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। गरिबी र अभावको यस्तो दृश्यले उत्सवको चमकसँगै समाजको अर्को तीतो वास्तविकता पनि देखाइदिएको छ।
भिडियोमा मानिसहरू दियोमा बाँकी रहेको तेल जम्मा गरिरहेका देखिन्छन्। सामाजिक सञ्जालमा उक्त तेल परिवारको गुजारा चलाउन प्रयोग गर्न खोजिएको दाबी गरिएको छ। यद्यपि, संकलन गरिएको तेल वास्तवमै केका लागि प्रयोग गरिएको थियो भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)