यमनमा साउदी हवाई आक्रमण तीव्र
barnanmedia.com · Sat Sep 19 07:26:34 GMT 2026

यमनमा हुथी समूह र साउदी नेतृत्वको गठबन्धनबीच तनाव थप चर्किएको छ । हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाका अनुसार पछिल्लो २४ घण्टामा साउदी लडाकु विमानले दक्षिणपश्चिमी ताइज प्रान्तमा २६ पटक हवाई आक्रमण गरेका छन् ।
उहाँका अनुसार यस साता यमनका नौ प्रान्तमा गरी करिब ३०० हवाई आक्रमण भएका छन् । साउदी अधिकारीहरूले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)