सधैँका लागि अस्तायो 38 छावाको पिता ‘ज्वाइँ राजा’ रोनाल्डो!
barnanmedia.com · Sat Sep 19 07:29:29 GMT 2026

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चर्चित जङ्गली भाले हात्ती ‘रोनाल्डो’ को नि'धन भएको छ। करिब ५३ वर्षको रोनाल्डो शनिबार बिहान चितवनको मध्यवर्ती क्षेत्रअन्तर्गत बरण्डाभार वन, बीस हजारी ताल र कुमाल ताल आसपास मृ'त अवस्थामा भेटिएको हो।
सन् २००२ देखि सौराहा क्षेत्रमा देखिन थालेको रोनाल्डोलाई स्थानीय गाइड तथा हात्ती सुसारेहरूले चर्चित ब्राजिलियन फुटबल खेलाडी रोनाल्डोको नामबाट नामकरण गरेका थिए। सौराहास्थित खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा नियमित आउने भएकाले कर्मचारीहरूले उनलाई मायाले ‘ज्वाइँ राजा’ समेत भन्ने गर्थे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)