चेल्सीद्वारा पोटर बर्खास्त
ekantipur.com · Mon Apr 03 00:59:19 GMT 2023
लन्डन — चेल्सीले सोमबार आफ्ना व्यवस्थापक ग्राहम पोटरलाई बर्खास्त गरेको छ । इंग्लिस प्रिमियर लिगमा चेल्सी एस्टन भिल्लाको हातबाट २–० ले पराजित भएयता उनी हटाइएका हुन् । पोटर सात महिना अगाडि मात्र चेल्सीका प्रशिक्षक भएका थिए ।
उनी आएयता चेलसीका खेलेका ३१ खेलमध्ये ११ मा पराजित रहेको थियो । सेप्टेम्बर ८ मै मात्र चेल्सीले यसअघिका व्यवस्थापक थोमस टुचेललाई पनि बर्खास्त गरेको थियो । चेल्सी लिगको ११ औं स्थानमा छ र शीर्ष चारबाट १२ अंक पछाडि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)