मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियलमाथि रवाफिलो जित निकाल्दै बार्सिलोनाले जित्यो स्पेनिस सुपरकप

deshsanchar.com · Sun Jan 12 22:36:26 GMT 2025

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनाले जितेको छ। आइतबार राति साउदीको जेदाहस्थित किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीको मैदानमा भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि ५-२ को रवाफिलो जित निकाल्दै च्याम्पियन बन्यो।

‘एल क्लासिको’ मा रवाफ कायम राख्ने क्रममा बार्सिलोनाले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा थप एक गोल गरेको थियो। यसअघि लालिगामा भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा पनि बार्सिलोनासँग रियल म्याड्रिडले ४-० को हार भोगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)