शिक्षकको दरबन्दी अनुपात असन्तुलित, प्राविको ६ हजार दरबन्दी स्तरोन्नति गरिँदै
shilapatra.com · Wed Jun 03 13:01:51 GMT 2026

सामुदायिक विद्यालयको प्राथमिक तहमा आवश्यकताभन्दा २० हजार ४६५ शिक्षक दरबन्दी रहेको पाइएको छ । दरबन्दी मिलान प्रतिवेदनले प्रावि तहमा आवश्यकताभन्दा बढी र निमावि र मावि तहमा कम शिक्षक दरबन्दी रहेको देखाएपछि प्रावि तहको रिक्त रहेको ५ हजार ९६५ दरबन्दी स्तरोन्नति गर्नेगरी प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक तथा प्रवक्ता महेन्द्र पराजुलीले जानकारी दिए ।
प्राथमिक तहमा विद्यार्थी संख्या घट्दै गएको र माथिल्लो तहमा बढ्दै गएको कारण प्राथमिक तहका दरबन्दी स्तरोन्नति गरेर निम्न माध्यमिक तहमा लैजाने तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)