कांग्रेस महाधिवेशन : आजदेखि वडा अधिवेशन सुरु
annapurnapost.com · Sat Sep 19 07:30:34 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै शनिबारदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो। गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
पार्टीको अधिवेशनमा वडाक्षेत्रभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन्। उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ। शनिबार पार्टी सभापति गगन कुमार थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगर २० नम्बर वडाको अधिवेशन उद्घाटन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)