गुल्मीमा नयाँ नागरिकताभन्दा प्रतिलिपि लिने धेरै
gorkhapatraonline.com · Sat Sep 19 07:51:00 GMT 2026

तम्घास (गुल्मी), असोज ३ गते। गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको सङ्ख्या बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत सोमबारदेखि शुक्रबारसम्म ८७ जनाले नयाँ नागरिकता बनाउँदा १०२ जनाले प्रतिलिपि लिएका छन् ।
बैङ्कमामा खाता खोल्दा वा राष्ट्रिय परिचयपत्र बनाउँदा पहिले भएका कमी कमजोरीहरु देखा पर्ने गरेका कारण पनि प्रतिलिपि लिनेको सङख्या बढेको हो । यसका साथै नागरिकताको जतन नगर्दासमेत केही समस्याहरु देखा पर्ने गरेको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)