सुरु भयो इन्द्रजात्रा (फोटो फिचर)
gorkhapatraonline.com · Sat Sep 19 07:51:39 GMT 2026

इन्द्रजात्राका लागि ल्याइएको लिङ्गो (योँसी) शुभ साइतमा भोटाहिटीबाट नगर प्रवेश गराइएको छ । इन्द्रजात्राको मुख्य प्रतीकका रूपमा रहेको लिङ्गोलाई परम्पराअनुसार शनिबार बिहान ८ः०५ बजेको शुभ साइतमा विधिपूर्वक भोटाहिटीबाट हनुमानढोका दरबार परिसरमा ल्याइएको हो ।
लिङ्गो नगर प्रवेश गराउने क्रममा बाजागाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । नगर प्रवेशका क्रममा स्थानीयवासी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)