मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्याण्डबाजामा भविष्य खोज्दै तन्नेरी

ratopati.com · Wed Jun 03 13:18:10 GMT 2026

काठमाडौँ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

खेलमा सुरुवाती अग्रता गुमाएर पनि उत्कृष्ट पुनरागमन गर्दै बंगलादेश लगातार तेस्रो पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक खेलको २३ औँ मिनेटमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, नेपालको त्यो अग्रता लामो समय टिक्न सकेन। पहिलो हाफको अन्तिम समय अर्थात् ४५ औँ मिनेटमा बंगलादेशी मिडफिल्डर ऋतु पोर्ना चक्माले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्। दोस्रो हाफमा दुवै टोलीले गोलका थप अवसर सिर्जना गरे पनि निर्धारित ९० मिनेटसम्म खेल बराबरीमै सकियो।

त्यसपछि थपिएको इन्जुरी समय बंगलादेशका लागि निर्णायक बन्यो। मैदानमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेकी सगोरिकाले उत्कृष्ट गोल गर्दै बंगलादेशलाई २–१ को रोमाञ्चक जित दिलाइन्।

सन् २०२२ र २०२४ को साफ महिला च्याम्पियनसिप उपाधि जितेको बंगलादेश अहिले उपाधिको ह्याट्रिक पूरा गर्ने ऐतिहासिक दाउमा छ।

अब बंगलादेशले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल भारत र भुटानबिच हुँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)