प्रदेशलाई अधिकार होइन, ‘युनिट’मात्र बनाउन खोजियो
annapurnapost.com · Sat Sep 19 07:58:46 GMT 2026

मधेस प्रदेशको प्रथम मुख्यमन्त्रीका रूपमा पहिलो कार्यकाल चलाउँदा ‘शून्यबाट प्रदेश सरकार खडा गर्ने’ अनुभव कत्तिको चुनौतीपूर्ण रह्यो ?
संघीयताको कार्यान्वयनस्वरूप जब मैले प्रथम पटक मधेस प्रदेश सरकारको मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हालें त्यसबेला कर्मचारीको अभाव सबैभन्दा ठूलो समस्याको रूपमा थियो। कर्मचारीमात्रै नभई हामीसँग कार्यालय पनि थिएन। कार्यालयको अभावसँगै प्रदेश चलाउने कानुन, ऐन, नियम, नियमावली, कार्यविधि केही पनि थिएन्। हामीले पाएको बजेटलाई कसरी खर्च गर्ने, कसरी विकास निर्माणका योजनाहरू सञ्चालन गर्ने, कसरी लोककल्याणकारी योजनाहरू चलाउने, सामाजिक रूपान्तरणको कामहरू कसरी गर्नेलगायतका चुनौतीहरू थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)