विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित
baahrakhari.com · Wed May 25 00:51:00 GMT 2022
इलाम । इलाममा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायतका दैनिक कार्य प्रभावित भएको हो ।
बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द भएको छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने सम्पूर्ण काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुनसकेको छैन । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्द हुनाका कारण हालसम्म पत्ता लगाउन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)