प्रसूतिगृहबाट २६ दिनको बच्चा चोरी
nayapatrikadaily.com · Sat Feb 24 00:15:00 GMT 2024
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ । उपचारको फलोअपका लागि अस्पताल ल्याइएको बच्चा शुक्रबार बिहान ११ बजेतिर अस्पतालबाटै चोरी भएको हो ।
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठले बोकिराखेकी २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले चोरेर फरार भएकी हुन् । अस्पतालबाट बिहानै चोरी भएको बच्चा राति अबेरसम्म नभेटिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)