‘छ माया छपक्कै २’ फूलपातीबाट प्रदर्शनमा आउने
himalpress.com · Sat Sep 19 08:17:00 GMT 2026

काठमाडौँ- दीपक–दीपा टिमको फिल्म ‘छ माया छपक्कै २’ असोज ३१ गते अर्थात फूलपातीबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति अनधिकारिक रूपमा सार्वजनिक गरेको हो। फिल्मको फष्टलुक्समा दिपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई देखिएका छन्। फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।
सामाजिक-राजनीतिक कथावस्तुको फिल्म आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा बनेको हो। रोहित अधिकारी निर्माता रहेको फिल्मको छायांकन दुई चरणमा गरिएको हो। पहिलो चरणमा ३० र दोस्रो चरणमा २० गरी ५० दिन छायांकन गरिएको निर्माण टिमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)