आर्थिक सङ्कटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने
gorkhapatraonline.com · Sat Sep 19 08:23:47 GMT 2026

बोलिभियाका सांसदले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको एक दशमलव नौ अर्ब डलरको ऋण सम्झौता अनुमोदन गरेका छन् । देश गहिरो आर्थिक सङ्कटमा रहेका बेला सरकारले इन्धन अनुदान हटाउने निर्णय गरेपछि ट्रेड युनियनले पुनः विरोध प्रदर्शनको चेतावनी दिएका छन् । तल्लो सदनबाट पारित भएको एक दिनपछि सिनेटले पनि सम्झौता अनुमोदन गरेको हो ।
यससँगै तीन वर्षे वित्तीय कार्यक्रम अघि बढाउन आवश्यक कानुनी प्रक्रिया पूरा भएको छ । कार्यक्रमको उद्देश्य घट्दो विदेशी मुद्रा सञ्चिति बढाउनु तथा उच्च मुद्रास्फीति र कमजोर आर्थिक वृद्धिबाट प्रभावित अर्थतन्त्रलाई स्थिर बनाउनु हो । सम्झौता अनुमोदन भएको केही घण्टापछि राष्ट्रपति रोड्रिगो पाजले ट्रक, बस र ट्याक्टरमा प्रयोग हुने डिजेलमा दिइँदै आएको सरकारी अनुदान तत्काल खारेज गर्ने घोषणा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)