मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आचारसंहिता उल्लंघन  गर्नेप्रति आयोग कठोर हुने

nayapatrikadaily.com · Sun Oct 16 00:01:00 GMT 2022

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालना नगर्ने उम्मेदवाप्रति आयोग कडा रूपमा प्रस्तुत हुने बताएका छन् । ऐनले वञ्चित गरेको काम नगर्न उम्मेदवार एवं दलहरूलाई उनको आग्रह छ ।

जिल्ला आचारसंहिता अनुगमन समिति कास्कीको शनिबार पोखरामा सम्पन्न बैठकमा थपलियाले निर्वाचन आचारसंहिता, २०७९ लाई कडाइका साथ पालना गर्न गराउन निर्देशनसमेत दिए । यदि कुनै उम्मेदवारले आचारसंहिता उल्लंघन गरे २४ घन्टाभित्र स्पष्टीकरण सोध्न र जवाफ चित्तबुझ्दो नआए उम्मेदवारी रद्द गर्ने अधिकार आयोगलाई रहेकाले जिल्लामा कसैले ऐनविपरीत काम गरे त्यसको विवरण स्पष्ट रूपमा खुलाएर आयोग केन्द्रलाई लेखी पठाउन आग्रह गरे । ‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिएमा आयोगमा लिखित वा मौखिक रूपमा जानकारी दिनुहोला,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)