रेसुङ्गा विमानस्थलको उडान अझै अन्योलमा
gorkhapatraonline.com · Sat Sep 19 08:34:37 GMT 2026

रेसुङ्गा विमानस्थलबाट हुने उडान अझै पनि अन्योलमै रहेको छ । विगत तीन महिनादेखि मौसममा आएको खराबीका कारण गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने नियमित हवाई उडान हुन सकेको छैन् । वर्षायाम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्ने तथा मौसम खराब हुने क्रम बढेपछि उडान हुन् नसकेको हो ।
नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको छ । वर्षायाममा प्रत्येक वर्ष करिब तीन महिनासम्म रेसुङ्गा विमानस्थलको उडान प्रभावित हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)