जापानमा आजदेखि एसियाली खेलकुद, २१ खेलमा नेपालका १३५ खेलाडी
nepalpress.com · Sat Sep 19 08:32:03 GMT 2026
काठमाडौँ । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो ।
प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)