अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक
barnanmedia.com · Sat Sep 19 08:23:02 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् ।उनले विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन् ।
भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै डा.वाग्लेले भारतले सन् २०१५ को भूकम्पपछि जस्तै यसपटक पनि नेपाललाई सहयोग गरेको बताए । उनले पछिल्लो विपद्बाट भएको क्षति नेपालको मात्र नभई दक्षिण एसियाकै लागि गम्भीर चुनौती भएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)