मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
ratopati.com · Sat Jul 18 19:08:24 GMT 2026

जनकपुरधाम । सरकारले हरवाचरवा मुक्ति घोषणा गरेको चार वर्ष बितिसक्दा पनि आफूहरूको वास्तविक पहिचान र सामाजिक सुरक्षाको विषय अझै अधुरो रहेको हरवाहरवा समुदायले गुनासो गरेका छन् ।
चौथो हरवाचरवा मुक्ति दिवसका अवसरमा शनिबार राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा समुदायले कानुनी रूपमा मुक्ति घोषणा भए पनि यस समुदाय अझै पहिचान, भूमि अधिकार, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, आवास तथा आर्थिक पुनः स्थापनाबाट वञ्चित रहेका बताएका हुन् । हरवाचरवाको वास्तविक पहिचान र प्रमाणीकरणबिना सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्ने भन्दै मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले सरकारसँग चारबुँदे माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)