मोटरसाइकल र स्कुल बस जुध्दा दुई जनाको मृत्यु
gorkhapatraonline.com · Wed Jun 03 13:54:25 GMT 2026

झापाको मेचीनगरनगरपालिका ९ सतीखट्टा भन्ने स्थानमा मोटरसाइकल र स्कुल बस एकआपसमा जुध्दा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै ज्यान गएको छ ।
बुधवार दिउँसो ५ बजेर २० मिनेटमा झापा मेचीनगर नगरपालिका –९ सतीघट्टामा मे १ प ३९१ नम्बरको होलीबेल अंग्रेजी विद्यालयको स्कुल बस एकआपसमा जुध्दा मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका –७ बस्ने बर्ष २५ को अजय राजवंशी र भारत किसनगञ्ज गलगलिया निवासी बर्ष ३३ को अजय माझिको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)