झापामा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
baahrakhari.com · Wed Jun 03 13:50:30 GMT 2026

सुरुंगा (झापा) । मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
बुधबार अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए । रासस
#झापा
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)