मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको नतिजा, उमेर र स्वास्थ्यका कारण ओलीजीले नेतृत्व छाड्नुपर्छ : सुरेन्द्र पाण्डे

onlinekhabar.com · Wed Jun 03 13:56:23 GMT 2026

२० जेठ, बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले गत निर्वाचनको नतिजाले पार्टीलाई ठूलो खबरदारी गरेको र अप्ठेरो अवस्थामा पुर्‍याएको बताए ।

‘पार्टीले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ, किनभने हामी अप्ठेरो अवस्थामा छौँ,’ उनले भने, ‘जनताको त्यो खबरदारीलाई बुझ्न सकेनौं र सतर्क भएनौं भने आगामी दिनमा पार्टी झन् कमजोर हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)