बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी
khabarhub.com · Sat Sep 19 08:40:15 GMT 2026
काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते) सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो । प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ ।
समारोह स्थानीय समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन् । यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट सहभागी हुने खेलाडीमा ५७ महिला र ७८ पुरुष जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले टोलीमा खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित २११ जना रहने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)