घुमफिरलाई थप रोमाञ्चक बनाउँदै ‘पार्टी बस नेपाल’ पुनः सुरु, काराभान क्याम्पर भ्यान थपिने
ictsamachar.com

काठमाडौं । पर्यटकलाई घुमाउँदै बसमै पार्टीको मनोरञ्जन दिने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन: सञ्चालन (रिलन्च) मा आएको छ । ‘रेस नेपाल प्रालि’ द्वारा सञ्चालित यस पार्टी बसको एक विशेष समारोहबीच औपचारिक पुन: सुरुआत गरिएको हो । पार्टी बस नेपालमा बसमा चढेर घुम्दै, खानपिन, नाचगान गर्दै मनोरञ्जन लिन सकिन्छ ।
यस आधुनिक बसमा ३० जनाले पार्टी गर्न सकिने क्षमता छ । बसमा प्रवेश गर्दा कुनै सुविधासम्पन्न लाउन्च वा क्लबमा प्रवेश गरेको झल्को आउँछ । आकर्षक नियोन लाइट, आरामदायी लक्जरी सोफा, खानपिनका लागि सुसज्जित बार र बीच भागमा डान्स पोलको समेत व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)