प्यूठानको गौमुखीमा १५ शैयाको आधारभुत अस्पताल सञ्चालनमा
annapurnapost.com · Sat Sep 19 08:35:31 GMT 2026

प्यूठान : प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। १९ करोड ३ लाख ४५ हजार ५५२ रुपैयाँको लागतमा निर्माण भएको गौमुखी आधारभुत अस्पतालको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरे।
अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा पनि सुरु गरिएको छ । दुर्गम भौगोलिक क्षेत्रमा रहेको गौमुखी गाउँपालिकामा अस्पताल सञ्चालनमा आएपछि स्थानीय तथा आसपासका नागरिकलाई सामान्य तथा आधारभुत उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)