मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी

rajdhanidaily.com · Fri Mar 10 23:28:44 GMT 2023

इलाम । प्रदेश १ को नाम ‘कोसी’ नामकरण गरेसँगै त्यसको विरोधमा इलामको माङ्सेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी भएको छ । ‘कोसी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनः नामकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो ।

‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिलाई ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेको हो । आन्दोलनकारीहरूले स्थानीय तह र वडा कार्यालयमा तालाबन्दी गरी ‘कोसी’ प्रदेश नाम खारेज गर्न र पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने भन्दै स्थानीय तहमा तालाबन्दी गर्न थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)