एकीकृत समाजवादीद्वारा आकस्मिक केन्द्रीय कमिटी बैठक आह्वान
ratopati.com · Sat Aug 09 18:01:00 GMT 2025

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले यही साउन २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आगामी भदौ ८ गते तोकिएको उक्त बैठक करिब दुई साता अगाडि आकस्मिक रूपमा बोलाइएको हो ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीभित्र शीर्ष नेताहरूबिच वैचारिक विवाद बढेपछि अधिकांश नेताहरूले सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटीबाट अविलम्ब टुङ्गो लगाउन माग गरेका थिए । पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबिच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)