बाढीपीडित बालबालिकाका लागि शेष घले दम्पतीले ५७ करोड ८५ लाखसम्मको सहयाेग गर्ने
sutranews.com · Sat Sep 19 08:59:14 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र दीर्घकालीन संरक्षणका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको सहयोग गर्ने भएका छन् । राष्ट्रिय बाल अधिकार परिषद्सँग भएको समझदारीअनुसार उक्त रकम निश्चित अनुदानका रूपमा वितरण हुने नभई बालबालिकाको प्रमाणित आवश्यकता र स्वीकृत व्यक्तिगत योजनाका आधारमा खर्च गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)