मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी

Ujyaaloonline.com · Sun Mar 26 00:40:52 GMT 2023

काठमाण्डाै - दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ । घरेलु टोली दक्षिण अफ्रिका तीन विकेटले पराजित भयो । योसँगै तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ३२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।

वर्षाको कारण खेल ढिलो सुरु हुँदा ११ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेल ४३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)